नियम २७
राहदानीको रङ्ग, ढाँचा र्‌ आकार
(१) ऐनको दफा ५, १७, १८ र १९ बमोजिम जारी गरिने राहदानीको बाहिरी पृष्ठको रङ्ग देहाय बमोजिम हुनेछः-

(क) कुटनीतिक राहदानी सिम्रिक रातो रङ्ग, (ख) विशेष राहदानी आकाशे नीलो रङ्ग, (ग) सर्भिस राहदानी सुन्तला रङ्ग,

(घ) साधारण राहदानी चकलेटी खैरो रङ्ग, (ङ) यात्रा अनुमतिपत्र कालो रङ्ग , (च)। सिम्यान्स अभिलेख किताब (सिम्यान्स पासपोर्ट) स्लेट खैरो रङ्ग, (छ। अस्थायी राहदानी चकलेटी खैरो रङ्ग।

(२) उपनियम (१) मा जुनसुकै कुरा“ लेखिएको भए तापनि बिभागले मेशिन रिडेवल वा अन्य प्रविधिको राहदानी प्रयोगमा नल्याएसम्म वा यो नियमावली प्रारम्भ भएपछि नयाँ राहदानी छपाई प्रयोगमा नल्याएसम्म यो नियमावली प्रारम्भ हुनु पूर्वको रङ्गको राहदानी जारी गर्न र प्रयोग गर्न बाधा पर्ने छैन।

(३) राहदानी, यात्रा अनुमतिपत्र, सिम्यान्स अभिलेख किताब (सिम्यान्स पासपोर्ट) र्‌ अस्थायी राहदानीको आकार र ढाँचा अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनको प्रचलित मापदण्डको आधारमा अनुसूची ६ बमोजिम हुनेछ ।

(४) राहदानीको बाहिरी पृष्ठमा जुन प्रकारको राहदानी हो सोको पहिचान जनाउने विवरण र नेपाल सरकारको निशाना छाप रहनेछ ।